This Content Is Only For Subscribers
नरेश मान सिंह
काठमाडौं । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिकाको मुटु मानिदै आएको व्यापारीक क्षेत्र न्यूरोडको सार्वजनिक जग्गा र मठमन्दीरलाई अतिक्रमण भै रहदापनि सम्बन्धित निकायको कुनै ध्यान गएको छैन । दलबल सहित सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै डोजर बोकेर काठमाडौं महानगरपालिकाका प्रहरी असिन पसिन हुदै दौडिएपनि महानगरको आँखा अगाडी सार्वजनिक जग्गा र मन्दीरको जग्गा अतिक्रमण भने अहिले सम्म मेयर बालेन्द्र साहले नदेखका कारण केही व्यक्तीहरुको लुटधन्दा चलाउने अखडा समेत बन्न पुगेको छ ।
प्राप्त विवरण अनुसार न्यूरोड पाकोस्थित गुठी संस्थानको संरक्षणमा रहेको रणमुक्तेश्र मन्दीरलाई विभिन्न व्यक्तीको सेटिङमा अनियमितता गरिएको भेटिएको छ । सो मन्दीर परिसरका पसल कवलहरुबाट मासिक रुपमा लाखौं रुपैयाँ अबैध रुपमा एक गिरोहले विगत एक दशकअघिदेखि लुट मच्चाउँदै आएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
स्थानीय बासिन्दाहरुले विभिन्न निकायमा उजुरी गरेपछि केही दिन छानवीन शुरु गरेको भइपनि रणमुक्तेश्वर मन्दिर संरक्षण गर्ने भन्दै केही सिमित व्यक्तिले अवैध रुपमा स्थापना गरेको रणमुक्तेश्वर मन्दिर संरक्षणको नामक संस्थाका पदाधिकारीहरुले सो मन्दिर परिसरको पसल कवलबाट मासिक रुपमा लाखौं रुपैयाँ भाडा वापत उठाएर एक दशक अघिदेखि अनियमितता गर्दै आएका थिए ।
२०६५ सालमा अवैध रुपमा स्थापना भएको रणमुक्तेश्वर जीर्ण उद्धार संरक्षण समितिले अहिलेसम्म रणमुक्तेश्वर मन्दिरको न त जीर्णाेद्धार गरेका छन् न भनेजस्ता कुनै पनि काम नै गरेको पाइएको छ । विभिन्न स्थानीय व्यापारिहरुबाट समेत लाखौं रुपैयाँ संकलन गरेका उनीहरुले उक्त रकम उठाउने र आफुसुशी खर्च गर्नमात्र तल्लिन रहेको बताइएको छ ।
यसरी पैसा उठाएर ठगी गर्ने गिरोहहरुमा राजेन्द्रमान श्रेष्ठ, गौतम डंगोल, सुरेश खड्गी, राधाकृष्ण महर्जन लगायतको संलग्नता रहेको बताइएको छ । रणमुक्तेश्वर मन्दीर संरक्षणका नाममा हुदै आएको अनियमितताको गुठी संस्थान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन शुरु गरेर विचैमा छोडेपछि अहिले स्थानीय बासिन्दा रुष्ट बनेका छन् ।
लामो समयदेखि अवैध रुपमा प्रस्तावित संस्थाको नाम भजाएर ठगी गरेका सो गिरोहले न्युरोड क्षेत्रका गुठी एवं सार्वजिक जग्गाहरुमा एमाले पार्टीको आड्मा व्यापक लुट मच्चाएको बताइएको छ । उनीहरुले केही मुद्दामामिलामा परेको जग्गादेखि भूगोलपार्क संरक्षणका नाममा विभिन्न व्यवासयीदेखि निकायहरुबाट मोटो रकम संकलन गरेर अनियमितता गरेको बताइएको छ ।न्यूरोडमा रहेका रणमुक्तेश्वर मन्दिर प्राचिनकालमा नै निर्माण भएको हो ।
उक्त मन्दिर गुठी संस्थानको सम्पत्ति भएको र त्यसले चर्चेका लगतपात सबैमा गुठी संस्थानको अधिकार र भोगचलन गर्न पाउने कानुनी प्रावधान छ । गुठी संस्थानका कर्मचारीहरुको मिलेमतोमा मन्दिरका नाममा स्थानीय केही नेता तथा व्यक्ति विशेषले लुट धन्दा मच्चिाउँदै आएका छन्े ।
उक्त मन्दिरको संरक्षणमा अवैध असुली गरेर होस् वा मन्दिर परिसरमा रहेको पसल कवलहरुबाट अवैध रुपमा मासिक भाडा असुलेर होस उक्त गिरोहको त्यस क्षेत्रमा ठगी धन्दामा मौलाएको छ । रणमुक्तेश्वर मन्दिर परिसर एवं न्यूरोड क्षेत्रका विभिन्न सार्वजिक जग्गा होस् वा व्यक्तिविशेषको मुद्दा मामिलामा फसेका जग्गाहरु हुन सो गिरोहले कब्जा गर्दै मासिक रुपमा चर्को भाडादरमा जिलमा दिने र मासिक रुपमा लाखौं रुपैयाँ अवैध रुपमा संकलन गर्न सो गिरोह सकृय रहेको छ ।
एमाले निकट केही नेता तथा कार्यकर्ताहरुले दुहुनो गाईको रुपमा रणमुक्तेश्वरलाई प्रयोग गरिरहेको र उक्त मन्दिरको संरक्षका नाममा समेत मोटो रकम संकलन गर्दै काम भन्दा कमाउ धन्दामा लागेका राजेन्द्रमान श्रेष्ठलगायतका गिरोह अहिले कारवाहीबाट जोगिन शक्तिकेन्द्रहरुमा लम्पसार पर्न थालेको दावी स्रोतले गरेको छ ।