रोशन कार्की
काठमाडौं । सत्ता र शक्तीको आँडमा अबैधधन्दा चलाउदै सरकारी ढुकुटी दोहन गर्दै आएका काँग्रेसका ३ साँसदहरुमाथी लागेको मुद्दालाई अन्तिम किनारा लगाउने तयारी सरकारले गरेको बुझिएको छ ।
सत्तामा बसेर विभिन्न शिर्षक उपशिर्षकमा सामान खरिद गर्दा अर्बौ रुपैयाँ घोटला गर्ने तत्कालिन सूचना मन्त्री तथा फागुन २१ गते पदच्युत भएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पुर्वसूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सार्वजनिक जग्गा अतिक्रमण र विद्यमान कानुन विपरित विदेशमा पैसा लगी गैरकानुनी लगानी गरेको अभियोगमा साँसद बिनोद चौधरीमाथी थप अनुसन्धान गरेर मुद्दा दायर अख्तियार दुरुपयोग अनुसनधान अयोगले गर्ने भएको छ ।
अख्तियारले लामो अनुसन्धान गरेर उनीहरुमाथी मुद्दा दायर गरेर कारबाही गर्न सरकारसंग माग गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत अहिले चरम विवादमा परेका व्यक्ती हुन । सञ्चारमन्त्री हुँदा टेरामक्स प्रविधि खरिदको सूत्रधार समेत रहेका बस्नेत भ्रष्टाचारको आरोपमा अख्तियारमा पुगेर बयान दिएसंगै धम्की पूर्ण भाषामा मुद्दा नहाल्न दबाब दिएको स्रोतले जनाएको छ ।
१) प्राविधिक कमिटी नबनाई टेरामक्स आवश्यक भनेर मन्त्री स्तरीय निर्णय गरियको !
२) न्यायालय सम्मलाई प्रभावित पारी टेरामक्स जÞरूरी छ भनी फÞैसला गर्न लगाईएको
३) टेरामक्सका सन्दर्भमा अदालतको आदेश कार्यान्वयन गरिएको भनी उम्कने प्रयत्न गरिएको !
अख्तियार उनीविरुद्ध समेत विशेष अदालतमा भ्रष्टाचार मुद्दा हाल्ने भएपछि उनीहरुमाथी कुनै कारबाही अगाडी नबढाउन नेपाली काँग्रेसले नै अख्तियारमा दबाब दिएपछि सो कार्यमा रोकाबट भएको थियो । संसदमा बहालवाला मन्त्री बस्नेतले अख्तियारमा पुगेर बयान दिएपछि नैतिकताका आधारमा तत्काल राजीनामा दिएर छानबिनलाई सहयोग पु¥याउनु पर्ने भन्दै साँसदहरुले माग गरेपछि प्रधानमन्त्री दाहाल दबावमा परेका थिए ।
उनी सामान्य नैतिकता समेत नदेखाएर लिसो जस्तै मन्त्री पदमा टाँसिएर बसिरहेका बस्नेत र अर्थमन्त्री प्रकाशशरण महतकै कारण सत्ता भत्किन पुगेको समेत बताइएको छ । कांग्रेस महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संसदमा बोल्दै अख्तियारले डामेका मन्त्रीलाई झण्डा छोपेर घर पठाइदिऊ भनेका थिए ।संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतले पनि अख्तियारमा पुगेर बयान दिएका स्वास्थ्यमन्त्री बस्नेत र अन्य विवादित दुईमन्त्रीको राजीनामा मागेर विरोध गरिरहेको छ । राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ ।
संसदमा विवादित स्वास्थ्यमन्त्री बस्नेत पदमा बसिरहँदा स्वास्थ्य मन्त्रालयमा आतंक मच्चाउदै आएको भन्दै चर्को विरोध भएको थियो । मन्त्री बस्नेतले कर्मचारीलाई अनावश्यक दबाब दिएर भागाभागको स्थितिमा पु¥याएका थिए । स्वास्थ्यका आतंकित कर्मचारीहरू मन्त्री बस्नेत कहिले हट्छन् भनेर भगवानसँग प्रार्थना गरिरहेको बताएका छन् । स्वास्थ्य उपकरण खरिदमा मन्त्री बस्नेतले ५० प्रतिशतसम्मको कमिशन लिएर टेण्डर दिने गरेको आरोप लागेको छ ।
कमिसनको चक्करमा ऋण काढेर ल्याएको पैसाले स्वास्थ्यमन्त्री बस्नेतले रातारात करोडौंका स्वास्थ्य उपकरण खरिदमा मरिहत्ते गरेर अकुत पैसाँ आर्जन गरेकाले अनुसन्धान गरेर कारबाहीको माग गरिएको छ । यसै कारण स्वास्थ्यमन्त्री बस्नेत निकट भविश्यमै जेल जाने प्रायःनिश्चित देखिएको छ ।
भने सोही टेरामक्सकै केशमा तत्कालिन सूचनामन्त्री ज्ञानेन्द्र कार्की र जग्गा अतिक्रमण गरेर उपभोग गर्दै आएका चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसका साँसद बिनोद चौधरी पनि जेल जाने पक्कापक्कि भएको छ । उनीहरु जेल जाने बलियो प्रमाण अख्तियारले प्रधानमन्त्री दाहाललाई बिफ्रिङ गरेपछि सो मुद्दा रोक्न शेरबहादुर देउवानै सक्रिय भएपछि गठबन्धनमा दरार उत्पन्न भएको थियो ।