काठमाडौँ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको काँग्रेसले भ्रातृ संस्थालाई सडकमा उतारेको छ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।
गृहमन्त्री रवि लामिछाने आफूलाई संसदमा पहिले बोल्नु दिनुपर्ने माग गर्दै आएका छन् । उनले दोषी भए राजनीति छोड्ने बताएका छन् । तर नेविसंघले ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि ! नेविसंघले निर्दोष भए छानबिन देखि किन डराएको ? भन्दै रवि लामिछानेलाई प्रश्न गरेको छ ।
रवि दाई दोषी भए राजनीति छोड्ने रे । दोर्षी प्रमाणीत हुन त छानिबिन हुनु पर्ला नी ?, रवि दाई, खै जिबी राई , लाखौँले दुख गरेर बचल गरेको पैसा झ्वाम्मै पार्ने, पाप त लाग्छ रवि दाई ? लेखिएका प्ले कार्डसहित प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् ।