This Content Is Only For Subscribers
काठमाडौं । मुलुकका विभिन्न भागमा गुठि र सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेको बेलामा ठिक विपरीत काठमाडौं महानगरपालिका वडा नं २३ ॐबहाल स्थित कित्ता नं १४१६, १८५५ र १८५६ को जग्गा वडा अध्यक्ष मचाराजा महर्जनको मिलेमतोमा क्रमश सरिता प्रधान,रणजित अमात्य र जीवनदेवि अमात्यको नाममा रहेको निजि जग्गा जबर्जस्ती कब्जा गरि पार्क निर्माण गर्ने योजना भएको तथ्य सार्वजनिक भएको छ।साविक कित्ता नम्बर भएको जग्गाहरुको हाल सम्म पनि कर तिर्दै आइरहेको कुरा रणजित अमात्यले बताउनु भएको छ।
कागजी प्रक्रिया मिलाउन पटकपटक सर्जमिन गरि स्थानिय व्यक्तिहरुको हस्ताक्षर लिई पेश गरेको रेकर्ड देखिन्छ । उच्च अदालतले सो जग्गाधनीहरुको नाममा नै रहेको कारण पार्क बनाउन निषेधआज्ञा दिदां सम्म पनि राजनीतिक आडमा रहि स्थानीय तहका जनप्रतिनिधि नै अदालतको फैसलालाई अवहेलना गरि जबर्जस्ती फेरि सर्जमिन गरि निजि जग्गालाई कब्जा गर्न लागि परेको देखिन्छ ।