This Content Is Only For Subscribers
काठमाडौं । विद्यमान ऐन कानुनलाई खुला रुपमा लत्याउदै आफुखुशी सञ्चालन भै रहेको एनआईसी एशिया बैंकले पछिल्लो समयमा आएर सेवाग्राहीमाथी चरम बदमासी गर्दा पनि सरकारी निकायका विभागहरुले भने नदेखे झै गरि बसेका छन् । देशको कानुन अनुसार दर्ता भएर सञ्चालनमा रहेका वित्तिय क्षेत्रको कारोबार गर्दै आएका बैंक तथा वित्तिय क्षेत्रमाथीको निगरानी नेपाल राष्ट्र बैंकले गर्नु पर्ने हो तर यहाँ केही संस्थालाई बाहेक अरुले खुलारुपमा कानुन लत्याउदा समेत कारबाही नगरि उल्टो सरक्षण गर्दै आएपछि सो बैंकले सेवाग्राहीमाथी चरम शोषणनै गर्दा पनि राष्ट्र बैंक आखा चिम्लिएर बसेको छ ।
भारतीय मुलका व्यापारीले संचालन गरेको सो बैंकको बदमासी एक पछि अर्को गर्दै बाहिरिए पनि सो ढाँकछोप गर्नमा राष्ट्र बैंकका गर्भनरदेखि अधिकृत समेत ज्यान फालेर लागेका छन् । सरकारी स्रोत साधानको दुरुपयोग गर्दै विद्यमान ऐन लाई लत्याउदै आएको सो बैंकलाई जोगाउन राष्ट्र बैंकको पुरै शक्ती अहिले लागी परेको छ ।
सो बैंकले कर्जा लिने ग्राहकलाई यत्ति सम्म यातना दिदै आएको छ कि ऋणीहरु ‘मर्नु र बाँच्नुको’ अबस्थामा पु¥याएको दुखेशो गर्दै आएका छन् । प्राईम लोकेशनमा रहेका घर जग्गा धितो राखेर ऋण लिएका सेवाग्राहीलाई सो बैंकले मिटरब्याजीको भन्दा बढी व्याज र अन्य ज्यादती गरेर थाहा नै नदिई भित्रभित्रै धितो बैंकनै मिलेर बेच्ने समेत गर्दै आएको भेटिएको छ ।
एनआईसी एसिया बैंकले घर जग्गा हडप्नका लागि अनेक तिकडम गर्दै ऋणीलाई उसको घर हडप्न अनेक टर्चर दिने गरेको पीडित ऋणीहरुले परिचय गोप्य राख्ने सर्तमा बताएका छन् । ती पीडितहरुका अनुसार व्याज बुझाएकै भएपनि विभिन्न शिर्षक उपशिर्षक देखाउदै अत्याधिक व्याज असुली गर्दै ऋणीलाई शोषण सो बैंकले गर्दै आएको बताएका छन् ।
सो बैंकले ९ प्रतिशत व्याजमा दिएको कर्जालाई विना जानकारी १६ दशमलव ६१ प्रतिशत समेत व्याज असुली गरेको बताइएको छ । र्बैकले किन यसो गरिरहेको छ भनेर बुझ्न समेत ऋणीहरुले नपाएको बताएका छन् । एनआईसी बैंकले राम्रो धितो देख्यो की अनेक झमेला गराएर हड्प्ने कार्य गर्दै आएको छ ।
प्राईम लोकेशनको घर जग्गा हडप्न बैंकले अनेक वाहानाबाजी गर्दै आउने गरेको छ । कहिले व्याजको बाहना त कहिले प्रिमियमको वाहना गर्दै ऋणीलाई दिन मै १५ पटक फोन गरेर ‘टर्चर’ दिन सो बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कै टिमकै निर्देशनमा हुने गरेको समेत सोही बैंकका कर्मचारीहरुको भनाई रहेको छ । पछिल्लो समय एनआईसी एसिया बैंकले लोन लिएका सर्वसाधारण माथि ज्यादती गरिरदा समेत राष्ट्र बैंक भने मुकदर्शक भएर बसेको छ ।
ऋणीहरुले व्याज तिरेकै छन् । साँवा पनि तिरेका छन् तर ऋण भने कहिल्यै नघटेको दुखेशो समेत पीडितहरुले गरेका छन् । यति सम्म कि राम्रो धितो भएको घर जग्गा हडप्न ऋणीलाई अनेक अनावश्यक तनाव दिएर कसरी लिलामी गर्ने भन्ने सम्ममा लागि पर्न बैंकले छुट्टै समुहनै तयार गरेको समेत बताइएको छ ।
बैंकका ग्राहकले ऋण लिएको शाखा कार्यालयबाट मात्र फोन नगरेर केन्द्रीय कार्यालयबाट हो भन्दै त कहिले विभिन्न शाखाबाट फोन नै गरेर राम्रो धितो राखेकाहरुलाई तनाव दिने गरेका छन् । यो अबैधधन्दा अझै जारी रहेको छ । भने फोन गरेर किस्ता बुझाएपनि टोले गुण्डालाई कर्मचारीको रुपमा ऋणीको घरमै पुगेर थर्काउने नभए कुटपीट समेत गर्ने गरेको दुखेशो पीडितहरुले गरेका छन् ।
यसरी सो बैंकले गरेको अत्याचार गरेको बारेमा राष्ट्र बैंकमा गुनासो लिएर गएको खण्डमा राष्ट्र बैंकको गेटबाटै भित्र जानबाट समेत रोकावट हुने गरेको दुखेशो पीडितहरुले गरेका छन् । यस सम्बन्धमा नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टको फोनमा सम्र्पक गर्दा उनले फोन रिसिभ गरेनन् । उता एनआईसी बैकका सिइओ रोशनकुमार न्यौपानेले पनि फोन रिसिभ गरेनन ।