This Content Is Only For Subscribers
काठमाडौं । प्रहरी वृत्त जनसेवामा नयाँ प्रहरी प्रमुख सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन ।प्रहरी वृत्त जनसेवाका प्रहरी नायब उपरिक्षक भेषराज रिजालको ठाउँमा रुकेश तन्डुकारले सरुवा भएर आएपछि प्रहरीले शान्ति सुरक्षाका गतिविधिलाई ह्वात्तै बढाएको हो ।
प्रहरीले प्रहरी वृत्त जनसेवामा नयाँ प्रमुख पाएसँगै दिन तथा रातमा गरिने प्रहरी चेकिङ कडा बनाइएको तथा हराएका मोटरसाइकलहरु समेत धमाधम फेला पर्न थालेको जनसेवा प्रहरी कार्यालय स्रोतको भनाई छ ।
प्रहरीले अवेर राती सशंकित गतिविधि देखाई हिँडडुल गर्नेलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेपछि समेत शान्ति सुरक्षा मजवुत हुन थालेको बताइएको छ । यस इलाकामा भैरहेको हुण्डी व्यवसाय, सवारी साधन चोरी, मोबाइल तथा बहुमुल्य वस्तु चोरी, सुन तस्करी लगाएत अपराधिक गतिविधि हुने प्रमुख क्षेत्रको रुपमा मौलाएको यस इलाकालाई शान्ति, सुशासन एवं सुरक्षाको दृष्टिकोणले सफलता हासिल गर्ने बताइएको छ।
प्रहरीले सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारीताका साथ सञ्चालन गरेको बताएको छ भने प्रहरीको सक्रियातले प्रहरी वृत्त जनसेवाको कार्य क्षेत्रमा शान्ति सुरक्षा मजवुत बनाउने स्थानीय बासिहरुको भनाई छ । प्रहरी वृत्त जनसेवा क्षेत्रको शान्ति सुरक्षाको लागि यहाँका नागरिकसँग हातेमालो गरेर अघि बढ्ने प्रहरी नायब उपरिक्षक रुकेश तन्डुकारले बताएका छन ।