अनलाइन ठगीधन्दा चलाउने तीन चिनियाँ नागरिक पक्राउ

Date:

अनलाइनबाट ठगी धन्दा चलाउने तीन चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन लट्री र अनलाइन सपिङजस्ता विभिन्न प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिलाई ठगी गर्ने गिरोह सक्रिय रहेको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । 

वीरगञ्ज महानगरपालिका १५ स्थित फ्ल्याट लिएर चिनियाँ नागरिकहरूले अनलाइन ठगीधन्दा चलाएको सूचना पाएपछि पर्सा प्रहरीले शनिवार साँझ छापा मारेको थियो । फ्ल्याटबाट दुई चिनियाँ पक्राउ परेका हुन् । शनिवार राति नै थप एक चिनियाँलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ३३ वर्षीय लिलु गुई चाइ, २६ वर्षीय वाङ बोहान र ३६ वर्षीय छिङ झाव छन् ।

प्रहरीले उनीहरुको साथबाट १२० थान कम्प्युटर, ल्यापटप, ३५ थान मोबाईल फोन र अन्य विधुतीय उपकरणहरू बरामद गरेको जनाएको छ । उनीहरूलाई पक्राउगरी सार्वजनिक गरिएको छ । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

Subscribe

spot_imgspot_img

Popular

More like this
Related

सामाजिक सञ्जाल दुरुपयोगमा बृद्धि : एक वर्षमै १५ हजारभन्दा बढी उजुरी

काठमाडौं । काठमाण्डूको भोटाहिटीस्थित साइबर ब्यूरोको कार्यालयमा गएको साता...

ललितपुर महानगरपालिकामा कवाडीको नाममा मनपरी शुल्क उठाउँदै ठेकेदार

आइतबार सानेपामा चुनढुंगा बोकेको गाडीमा ठेकेदार कम्पनीले कर संकलन...

टेरामक्सको भ्रष्टाचार अरोपीत कार्की, बस्नेत र अर्याल जेलको यात्र हुदै

रोशन कार्कीकाठमाडौं । सत्ता र शक्तीको आँडमा अबैधधन्दा चलाउदै...